• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

झगडा भएपछि वडाध्यक्षद्वारा आ’त्मह’त्याको प्रयास


शिव डुम्रे/ भाद्र २१, बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रमेश नेपालले आत्मह’त्याको प्रयास गरेको खुलेको छ ।

आफ्नै घरकाे सिलिङ्गमा रहेको पंखामा झुण्डिएर आत्मह’त्या गर्ने प्रयास गरेको भेटेपछि उनलाई तत्काल उपचारको लागि लगिएको पारिवारिक स्रोतले बताएको छ ।

बिहान ९ बजेतिर आफ्नै घरमा पारिवारिक झगडा भएपछि उनले यस्तो गरेको हुनसक्ने शंका प्रहरीले गरेको छ । बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रिका अनुसार उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भैरहेको छ ।

घटनाबारे थप विवरण आएको छैन् ।

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार