• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको त्रिवेणीमा रहेको शुभ लक्ष्मीले दशौं वार्षिक साधारण सभा सम्पन्न गर्याे


भाद्र २१, सल्यान । सल्यान त्रिवेणी गाउँपलिको लुहाममा रहेको शुभ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो दशौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार त्रिवेणी गाउँपालिका उपाध्यक्ष करुणा खडकाको प्रमुख आतिथ्यतामा संस्थाले साधारण सभा गरेको हो ।

कार्यक्रकमा बोल्दै उपाध्यक्ष खड्काले व्यक्ति, समाज र राष्ट्रलाई नै आर्थिक तथा समाजिक रुपमा समृद्ध बनाउन सहकारी अभियानले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताइन् । उनले स्थानिय स्तरमा छरिएर रहेको स-सानो पुँजीलाई एकिकृत गरी सदस्यहरुकै सहभागितामा संकलित पुँजी लाई अधिकतम परिचालन गर्दै रोजगारी सिर्जना र सदस्यहरुको आर्थिक, समाजिक र सांस्कृतिक विकासमा सहयोग पुर्याएको भन्दै प्रशंसा गरिन् ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष प्रभात कुमार श्रेष्ठले संस्था स्थापना कालदेखी नै सदस्यमुखी भएर सहकारीको मूल्य मान्यता र सिद्धान्तमा सञ्चालन हुदै आएको बताए । उनले यसलाई अझै बलियो बनाउन सबै एकजुट भएर लाग्नु पर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष हुकुम प्रसाद महताराले सहकारी संस्थाको समाजमा महत्वपूर्ण खाँचो भएको बताए ।

संस्थाका कोषाध्यक्ष शारदा बोहराले पेश गरेको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा बचत संकलन २ करोड ४२ लाख ७० हजार ५ सय ५९ र ऋण लगानी २ करोड २९ लाख ८८ हजार ३ सय ५३ रुपेया रहेको छ । संस्थाले कुल खर्च बाहेक ११ लाख ५४ हजार ३ सय ९ रुपैया खुद नाफा गरेको छ ।

सभाबाट असल बचतकर्ता बम बहादुर वली र असल ऋणी हिम राज वली लाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन संस्थाको सदस्य गिता कुमारी खडका गरेकी थिइन् ।

 

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार