• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

शारदा नगरपालिका स्थित पोखराडाँडा सामुदायीक वनको नयाँ कार्यसमिती


भाद्र २१, सल्यान । सल्यानको शारदा नगरपालिका २ र ३ मा रहेको पोखराडाँडा सामुदायीक वन उपभोक्ता समुहको ३६ साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले नयाँ उपभोक्ता समुहको नयाँ कार्य समिती समेत चयन गरेको छ ।

प्रत्येक ६/६ महिनामा हुने साधारण सभा र ३ वर्षमा हुने कार्यसमिती फेरबदल अनुसार शनिबार ३ ववर्षपछि नयाँ कार्यसमिती चयन गरिएको हो । सिता विष्ट बस्नेतको अध्यक्षतामा १२ सदस्यीय समिती चयन गरिएको छ । जसको उपाध्यक्षमा अनिल भण्डारी, सचिव गनेश विष्ट, सहसचिव बासमती नेपाली र कोषध्यक्षमा सोभा सेजवाल रहेका छन् ।

साधारण सभामा शानपा ३ का वडा अध्यक्ष टोप बहादुर थापाको उपस्थिती रहेको थियो । उपभोक्ता समुहका निवर्तमान अध्यक्ष गंगाराम विष्टको सभाअध्यक्षतामा सुरुभएको कार्यक्रमको स्वागत मन्तव्य समितिका संस्थापक अध्यक्ष बुद्धराज विष्टले राखेका थिए भने संचालन धुर्व विष्टले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २१ गते शनिवार