• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

दाङमा मदिराले मातेका ड्राइभरले चलाएको ट्याक्टर घरभित्र पस्दा बालकको ज्यान गयो


भाद्र २२, दाङ । दाङमा मदिराले मातेका चालकले चलाएको ट्याक्टर घरभित्र पस्दा एक जना बालकको ज्यान गएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका –६ भगवती टोलमा शनिबार बेलुका ट्याक्टर घरभित्रै छिरेपछि आँगनमा बसेका १३ बर्षीय अनिल विकको मृ’त्यु भएको हो ।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते बनेका उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिबार बेलुका ८ बजेतिर मृ’त्यु भएको दाङ प्रहरीले जनाएको छ । दिदीभाई आँगनमा सँगै बसिरहेको भएपनि ट्रयाक्टर त्यहाँ आइपुग्नु भन्दा ठिक ३० सकेन्ड अगाडि मात्रै १६ बर्षीया दिदी भान्सामा ग्यास निभाउन गएकाले जोगिन सफल भएकी छन् ।

‘दिदी भित्र पस्ने बित्तिकै तीव्र गतिमा दक्षिण तर्फ गइरहेको ट्याक्टर कल्पनै नगर्ने गरि पश्चिम घर तर्फ छिर्यो अनि अनिललाई ठाउँको ठाउँ किचेल्यो,’ प्रत्यक्षदर्सी छिमेकीले भने ‘हामीले अहिले सम्म यस्तो डर लाग्दो घटना कहिलै  देखेका थिएनौं ।’

दुर्घटना लगतै भाग्न खोजेका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बनगाउँ निवासी ५२ बर्षीय कामी चौधरीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । ठक्कर दिने ट्याक्टर रा १ त २६३१ नम्वरको हो ।

 

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार