• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाइजोमा मोटरसाईकल नल्याएको भन्दै रौतहटमा दुलहीको हत्या


भाद्र २२, रौतहट । रौतहटमा दाइजो नल्याएको भन्दै एक महिलाको ह’त्या गरेको आरोपमा श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ। बिहेमा मोटरसाइकल दाइजो नदिएको निहुँमा रौतहटको राजपुर नगरपालिका ७ अकोलवाकी २५ वर्षीया सन्जु देवीको ह’त्या गरेको आरोपमा श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।

मृ’तक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा रामबाब र ससुरा मोहनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। घटना शंकास्पद रहेकाले उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए। पोष्टमार्टमपश्चात् शव परिवारजनलाई जिम्मा लगाइएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए।

सन्जुको बिहीबार साँझ हत्या भएको मृ’तकका बाबु अविलास सहनीले बताए। अविलासले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख भएअनुसार रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै सन्जुलाई कुटपिट गर्दथे।

केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जुमार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने गरेको अविलासको भनाइ छ। बिहीबार दिउँसो सन्जुको मृ’त्यु भएको खबर पाएपछि आफूहरूले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको मृ’तकका बुबा अविलासको दाबी छ।

केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान् र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाब दिने गरेको कुरा आफूलाई जानकारी गराएको बुबा अविलासले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार