• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा यसरी मनाईयो राष्ट्रिय शिक्षा तथा अन्तरास्ट्रिय साक्षरता दिवस (फोटो फिचर)


भाद्र २२, सल्यान । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तरास्ट्रिय साक्षरता दिवस सल्यानमा पनि आइतबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्लाको शारदा नगरपालिका, बागचौर नगरपालिका, कपुरको, छत्रेश्वरी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो ।

शानपामा नगर शिक्षा समितिको आयोजनामा भएको कार्यक्रममा शारदा नगरपालिका भित्रका जनप्रतिनिधी, नगर शिक्षा शाखाका कर्मचारी र नगरभित्रका विद्यालयको उपस्थिति रहेको थियो । खलंगा टुडिखेलमा भएको कार्यक्रममा नगरप्रमुख सुरेश अधिकारीको अध्यक्षता तथा उपप्रमुख सावित्रा वस्नेतको आथित्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर शिक्षा शाखा प्रमुख लिलाधर वपालले गरेका थिए ।

कार्यक्रममा हाजिरी जवाफ, नृत्य, २०७५ सालको एसइई परिक्षामा उत्कृष्ट ४ जना र प्राथामिक तथा बालविकासका उत्कृष्ट शिक्षकलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ । एसइई परिक्षामा उत्कृष्ट भई सम्मानित हुनेमा २ जना सामुदायिक विद्यालय त्रिभुवन जनता मावि लुहापिङका विवस डागिँ र रविना भण्डारी त्यसैगरी २ जना निजि विद्यालय वा्रइटपर्ल एकेडेमि श्रीनगर का जानकि बिसी र शिसिर केसी रहेका छन् ।

त्यसैगरी छत्रेश्वरी गाउँपालिकामा विभिन्न कार्यक्रम भएका छन् । गाउँपालिका उपाध्यक्ष सीता केसिको अध्यक्षतामा दिवसको अवसर पारेर मावि स्तरीय वक्तीत्वकला, निमावी, स्तरीय हाजिरी जवाफ प्रतियोगिता र प्रभातफेरी कार्यक्रम भएको हो ।

दिवसका अवसर पारेर  समृद्ध र आम्मनिर्भर गाउँपालिका निर्माणका लागि प्राबिधिक तथा व्यावसायीक शिक्षाको महत्व विषयक गरिएको वक्तित्वकला प्रतियोगितामा जानकी मावि दोहलिका चन्द्र प्रकाश केसी प्रथम, जनता मावि बुराँसे टाकुरी दोस्रो, त्रीभुबन जनता माबी भोटेचौर तेस्रो र जनता मावि बुराँसे टाकुरीकी मुना बस्नेत सान्त्वना भएका छन्।

यस्तै हाजिरी जवाफ प्रतियोगितामा भगवती आधारभुत बिद्यलय दहखोला प्रथम, एलोबिट बोर्डिङ स्कुल लान्ती दोश्रो र शारदा मावि शंखमुल तेस्रो भएका छन । हाजिरी जवाफ प्रतियोगितामा गाउँपालिका भित्रका ११ सामुदायिक र १ निजि गरि १२ वटा विद्यालयहरुको सहभागीता रहेको थियो।

त्रिभुवन जनता माध्यमिक बिधालय भोटेचौरबाट निकालिएको प्रभातफेरि भोटेचौर बजार परिक्रमा गरेर पुनः विद्यालयमा आएर समापन भएको थियो । प्रभात फेरिमा विभिन्न विद्यालयबाट आएका विद्यार्थी, शिक्षक, गाउँपालिकाका उपाध्यक्ष सीता केसी, प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्का, गाउँपालिका कार्यालयका विभिन्न शाखाका प्रमुखहरु, स्थानीयबासी लगाएतको उपस्थिति रहेको थियो ।

त्यस्तै, बागचौर नगरपालिकाका विभिन्न विद्यालयले दिवस मनाएका छन् । वडा नम्बर ९ मा रहेको शिशु जागरण माविले वक्तृत्वकला, क्विज प्रतियोगीता लगायत विभिन्न सिर्जनात्मक कार्यक्रमका साथमा साँस्कृतिक प्रस्तुती गरेको छ ।

वडा नम्बर ४ पेदिखोलामा रहेको सरस्वती माध्यमिक विद्यालयमा वडा अध्यक्ष एवं वडा शिक्षा समिति संयोजक प्रेम बहादुर पुनको अध्यक्षता एवं शिक्षक रविकिरण वलीको संचालनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव राम बहादुर हमाल, विशिस्ट अतिथि पढ्नका लागि कोठा रुमटुरिडका प्रतिनिधि विनायक रेग्मी, नेकपा कर्णाली प्रदेश सदस्य कृति बहादुर पुन लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उता कपुरकोटमा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । आधारभुत विद्यालय कपुरकोट ४ क्युरेनीमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले गरेका हुन् ।  ‘पढ्नको लागी कोठा’ कार्यक्रम र कपुरकोट गाउँपालिकाको सहकार्यमा पुस्तकालय स्थापना भएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष खड्क सिंह ठकुरीले जानकारि दिए ।

पठन संस्कृतीको विकास र विद्यार्थीमा पाठ्यक्रम वाहेक अतिरिक्त ज्ञान प्रदान गर्न आधारभुत विद्यालय क्युरेनी सहित कपुरकोट गाउँपालिकाका ९ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको रुम टु रिड कार्यक्रमका फिल्ड संयोजक हेम लम्सालले जानकारी दिए । उनले सल्यानका ५४ विद्यालयमा यो कार्यक्रम संचालन भइरहेको पनि जनाए ।

विद्यार्थीमा पढ्ने सिप र वानीको विकास गर्ने उद्देश्यले रुम टु रिड संगको सहकार्यमा कपुरकोटका विद्यालयमा सञ्चालन भइरहेको साक्षरता कार्यक्रम प्रभावकारि बनाउन सबैको दायीत्व रहेको महासंघका अध्यक्ष सेनले बताए । कपुरकोट गाउँपालिका अध्यक्ष समेत रहेका उनले सामुदायीक विद्यालयको शिक्षालाइ गुणस्तरिय बनाइ सबैको आकर्षणको थलो बनाउन आफु क्रियाशिल रहेको बताए ।

सो अवसरमा विव्यस अध्यक्ष खड्क सिंह ठकुरि, प्रधानाध्यापक डिल बहादुर थापाले गाउँपालिका अध्यक्ष सेन संग आफ्नो विद्यालयमा भवनको अभाव रहेको बताएको थिए । जवाफमा सेनले आगामी वर्ष दुई कोठे भवनको ब्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । भर्खरै स्थापना भएको पुस्तकालयको ब्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरे । साहित्य, विज्ञान, मनोरञ्जन विधाका ६ सय १५ पुस्तकहरु क्युरेनी पुस्तकालयमा राखिएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २२ गते आइतवार