• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

झापामा सहकारी भवन र अधिकृतको गाडीमा बम विस्फोट


भाद्र २, झापा । झापाका दुई स्थानमा बम विस्फोट भएका छन्। विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृतको गाडी र सहकारी भवनमा क्षति पुगेको छ।

प्रहरीका अनुसार आइतरबा राति गराइएको विस्फोटबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत सागर मिश्र चढ्ने बा २ झ २५७० नम्बरको स्कारपियो गाडी गाडीमा ठूलो क्षति पुगेको हो।

राति साढे १२ बजे गौरादह–३ धोवनिया चोकस्थित निवासअगाडी पार्किङ गरी राखिएको उक्त गाडीमा बम विस्फोट गराइएको हो।

अर्को विस्फोट राति साढे ११ बजे बिर्तामोड–२ चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवनमा बम विस्फोट भएको हो।

भवनको भुई तलाको ढोकामा बम विस्फोट गराइएको हो। विस्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा कस्तो बम र कसले विस्फोट गराएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फोटो फाइल

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार