• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक


भाद्र २३, काठमाण्डौ । नेपाल पत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । आचार्यका बुबा यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा सोमबार बिहान काठमाण्डौको कीर्तिपुरमा रहेको निवासमा निधन भएको हो ।

उनी केही समयदेखि अस्वस्थ थिए । आज उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ ।

अन्त्येष्टिअघि पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा लगायत नेता, पत्रकार लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार