• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङ : चालक निदाएर मिनी ट्रक चलाएपछि…


भाद्र २३, दाङ । दाङमा ट्रकको पछाडी मिनी ट्रक ठोकिदा हुँदा दुईजना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–३ मजगाँउमा पूर्वबाट पश्चिमका लागि छुटेको ना २ ख ९९२८ नम्बरको ट्रकको पछाडि पट्टी भे १ क १३९३ नम्बरको मिनी ट्रक आइतबार राति ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मिनी ट्रकका चालक र सह–चालक घाइते भएका छन् । मिनी ट्रकका चालक निदाएपछि ट्रकको पछाडि ठोक्किन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घाइते भएका बबई नगरपालिका भुरिगाउँ बर्दिया निवासी ३० वर्षे रामबहादुर थारु र १३ वर्षे कृष्ण थारु गम्भीर घाइते भएका हुन् । उनीहरुको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बाँके पठाइएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार