• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

‘मेरी बास्सै’बाट छुट्टीएका राजु मास्टर र बल्छी धु्र्वेले नयाँ टेलिसिरियल ल्याए


भाद्र २३, काठमाडौं । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट अलग भएका मरिचमान श्रेष्ठ ९बल्छी धु्र्वे० र राजु पौडेल ९राजु मास्टर० लगाएतका कलाकारहरुले अर्को नयाँ टेलिसिरियल ल्याएका छन् । प्रत्येक हप्ताको आइतबार राती ८ बजेर ५० मिनेटबाट नेपाल टेलिभिजनमा प्रशारण् हुनेगरी हल्का रमाईलो नामक टेलिसिरियल ल्याएका हुन् ।

हिजो आइतबार प्रशारण भएको भाग १ एपीसोडमा राजु मास्टर, बल्छी धुर्बे, अनिता बस्नेत मास्टर्नी, दिपक शर्मा, कमला रेग्मी, शारदा गिरी, शम्भु थापा लगाएतका कलाकारहरुको प्रस्तुती रहेको छ । यो टेलिसिरियललाई नेपाल टेलिभिजन सँगै युटुवमा बल्छी धुर्वेको आफ्नै युटुब च्यानलबाट राखिएको छ  ।

विगत लामोसमयसम्म मेरी बास्सै कार्यक्रममा उनिहरुले अभिनय, लेखन र निर्देशन गर्दै आएका थिए । गत चैतमा मात्रै उनिहरुले मेरी बास्सै छोडेको घोषणा फेसबुकमार्फत गरेका थिए । कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको उनीहरुको भनाई छ ।

यसैबिच मिडिया हबसँगै सहमती नमिलेको भन्दै भद्रगोल पनि पुरै टिमले छोडेको छ । मिडिया हबले नयाँ कलाकार राखेर भद्रगोल ल्याएपनि दर्शकहरुले नरुचाएको प्रतिकृया दिएका छन् । भद्रगोलको पुरानो सबै टिमले उहि थिममा फरक नामको नयाँ टेलिसिरियल ल्याउने बताएका छन् ।

यस्तो छ हल्का रमाईलो टेलिसिरियलको पहिलो भाग

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार