• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

नेपाल र चिनबीच यी तीन विषयमा सम्झौता भयो


भाद्र २३, काठमाडौं । नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौंको एक पाँचतारे होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।

पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको हो । दोस्रो सम्झौता आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ ।

दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलोपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् । तेस्रो सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेछ । यसमा शिक्षासचिवले हस्ताक्षर गरे ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार