• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

बसमा युवतीमाथि दुर्व्यवहारको आरोपमा पुर्व माओवादी केन्द्रका सभासद पक्राउ


भाद्र २३, ललितपुर । प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् ।

एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् । पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घिसिङ २०७० मा तत्कालिन माओवादी केन्द्रबाट समानुपातिक सांसद थिए । घिसिङलाई पार्टी नीति, विधिविपरीत काम गरेको भन्दै तत्कालिन माओवादी केन्द्रको ललितपुर जिल्ला कार्यसमितिले कारबाही समेत गरेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार