• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

तुलसीपुरमा बेनेली मोटरसाईकलको शोरुम


देवेन्द्र बस्नेत / भाद्र २३, तुलसीपुर – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ तुलसपुरमा नयाँ मोटरसाईकल शोरुम सञ्चालनमा आएको छ । आज एक कार्यक्रमको आयोजना गरि एस एण्ड एस अटो मोबाईल्स ( बेनेली मोटरसाईकलको शोरुम) उद्घाटन गरिएको छ ।

उक्त शोरुम सञ्जीव पछाईँ र सून्दर शाहले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । शोरुमको सञ्चालक सन्जीव पछाईँका बुवा केशरवहादुर पछाईँले उद्घाटन गरेका हुन् ।

यो शोरुममा ईटालियन ब्राण्डका बेनेली मोटरसाईकलहरु विक्रीका लागि राखिएका छन् । दुई लाख ३० हजार देखि १९ लाख सम्मका बाईकहरु विक्रीका लागि राखिएको सञ्चालक पछाईँले जानकारी दिए । पछाईँका अनुसार यो मोटरसाईकल अहिले युवा पुस्ताहरुले धेरै रुचाएको मोटरसाईकल हो ।

प्रकाशित मिति : २०७६ भाद्र २३ गते सोमवार