• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

वामदेव र रवीन्द्र मिश्र चुनाव लड्दै !


भाद्र २४, काठमाडौं। महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन्।

आजको कान्तिपुर दैनिकमा समाचार छ, मंसिर १४ को प्रनिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएकाहुन्। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ। कास्की २ बाट चुनाव लड्न ‘हेभिवेट’को चर्चा छ।

नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ। नेकपाबाट गौतम र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार बने साझा पार्टीले संयोजक रवीन्द्र मिश्रलाई मैदानमा उतार्ने तयारी गरेको छ।

कांग्रेस नेता गुरुङले सामाजिक सञ्जालमै अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार