• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

इमानको खेति गर्छु पर्खाल नटुटोस


पहिलो मुक्तक 

इमानको खेति गर्छु पर्खाल नटुटोस,
सज्जनको संगत छ कहिल्यै नछुटोस ।
जिन्दगीमा ठुलै आशा केहि बोकेको छैन,
बस भगवान धैर्यताको बाध कहिले नफुटोस ।

दोस्रो मुक्तक

नाङ्गै जन्मिन्छ मान्छे लोभपाप बढदै जान्छ,
अहंकारले सिमा नाघ्छ तरपनि पुजारी ठान्छ ।
कस्तो सिक्यो संस्कार उस्ले, स्वभाबैले दर्साउछ,
सब्य समाजमा गिर्छ सधै तर पनि अब्बल ठान्छ ।

तेस्रो मुक्तक

किन बुझ्दैन मनुष्य या बुझेर पनि अबुज बन्छ,
खालिआए खालिनै जानेहो भन्दा सधै यहि भन्छ ।
धर्म गर्छ कर्म गर्छ भगबान संग सधै मागिरहन्छ,
जब देख्छ फक्रिएको फुल अनि नरपिचास बन्छ ।

प्रकाशित मिती २०७६ भाद्र २४ गते

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार