• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

देशभरका उत्कृष्ट शिक्षकमध्ये सल्यानबाट धर्मराज घर्ति


भाद्र २४, सल्यान । शैक्षिक क्षेत्रमा उत्कृष्ट काम गरको भन्दै सरकारले देशभर छनोट गरेको १०१ उत्कृष्ट शिक्षकहरु मध्ये सल्यानबाट धर्मराज घर्ति छनोटमा परेका छन् । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट १०१ शिक्षकलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

सामुदायिक विद्यालयका ७७, संस्थागत विद्यालय र नेपालस्काउट तर्फ ६, विश्वविद्यालयतर्फका ११ र प्राविधिक शिक्षालयका ७ गरी १०१ शिक्षकहरुलाई पुरस्कारका लागि छनोट गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुरस्कारका लागि खुलारुपमा आवेदन माग गरी उनीहरुबाट उत्कृष्ट शिक्षकहरुको छनोट गरेर नाम सार्वजनिक गरेको हो ।

को हुन सल्यानबाट पर्ने धर्मराज घर्ति

सल्यानबाट छनोटमा परेका धर्मराज घर्ति शिद्धकुमाख ३ ढोरचौरमा रहेको निराजन माविका प्रधानध्यापक हुन् । २०५२ साल देखि शिक्षण पेशामा संलग्न घर्ती २०५६ सालमा निराजन माविमा शिक्षकको रुपमा प्रवेश गरेरर ०६१ सालदेखि हालसम्म विद्यालयको पधानध्यापकको रुपमा कार्यरत छन् ।

सल्यानको दमाचौरमा जन्मिएका उनि विद्यार्थी जीवनमा हुँदा ०४८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) सल्यानको जिल्ला संयोजक समेत भएका थिए ।

मावि तह अन्तर्गत कक्षा १२ सम्म पढाई हुने विद्यालयमा हाल आएर कक्षा ९ देखि १२ सम्म भेटेरीनरी कक्षा संचालन हुदै आएको छ । सो विद्यालयले जिल्लामै पहिलो पटक पशु उपचार केन्द्र पनि संचालनमा ल्याएको छ । यो विद्यालयमा बालविवाह गर्नेले पढ्न नपाउने नियम रहेको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार