• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा १५ दिनदेखि हराएका युवक मृत फेला


भाद्र २४, सल्यान । सल्यानमा विगत १५ दिनदेखि हराएका एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बागचौर नगरपालिका–१२ बाफुखोलाबाट हराएका २६ वर्षीय नरेन्द्रकुमार ओली (नवराज) १५ दिनपछि मृत अवस्थामा भेटिएका हुन् ।

बागचौर नगरपालिका–४ स्थित बरावनको जंगलमा उनको शव भेटिएको प्रहरीले जनाएको छ । भदौ ७ गते घरबाट बेपत्ता भएका उनको शव सडेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।

शवलाई रुकुमको खलंगामा पोष्टमार्टम गरिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख लिलाभक्त बाँदेले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार