• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा काँग्रेसको जागरण अभियान सुरु


भाद्र २४, सल्यान । देशभर आजदेखी सुरु भएको नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान सल्यानमा पनि सुभारम्भ गरिएको छ। जिल्लाको छत्रेश्वरी मन्दिर बाट सल्यान प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख)ले जागरण अभियानको सुरुवात गरेको हो ।

१०६ औ बिपि जयन्तीको अवसर पारेर कांग्रेसले जागरण अभियानको सुरुवात गरेको हो । छत्रेश्वरी गाउँपालिका ६ मा अबस्थित छत्रेश्वरी मन्दिर परिसरमा विभिन्न प्रजातिका १ सय ६ वटा बोरुवा रोपेर बिपि जयन्ती मनाई जागरण अभियानको सुभारम्भ गरिएको कांग्रेस क्षेत्रीय कार्यसमितिले जनाएको छ।

जागरण अभियानको उद्घाटन गर्दै केन्दिय प्रतिनिधि सीता राना मगरले यो जागरण अभियानले एकताको सन्देश दिने बताएकी छन्। छरिएर रहेका सम्पुर्ण कांग्रेसजनलाई यो जागरणले एक ठाउमा केन्द्रित गर्न मद्धत गर्ने उनको भनाइ छ । उनले भनिन्, ‘हामिले हाम्रो घर मिलाउन सकिम भने कांग्रेस मुलुकको ठूलो पार्टी बन्नेछ ।’

कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी मगरले नेकपाको सरकारले जनतामा दम्भ देखाएता पनि नडराउन कार्यकर्ता हरुलाई आग्रह गरेकी छन। कांग्रेस प्रती सरकारले दमन गरेतापनी कत्तीपनि नआत्तिन कार्यकतालाई निर्देशन दिएकी छन ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) का सभापती सन्तोष केसीको अध्यक्षतामा सम्पन्न सुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, नेपाली कांग्रेसका जिल्ला सभापती गनेश चन्द, जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिस्ट, शारदा नगरपालिका प्रमुख सुरेस अधिकारी लगाएतकाले मन्तव्य राखेका थिए ।

उनिहरुले पार्टीले अब खेल्नुपर्ने भुमिका र बिपिको बिचारको बारेमा चर्चा गरेका थिए । बिपिको मार्गरेकामा हिडेर कांग्रेस अगाडि बढ्नुपर्नेमा उनिहरुले जोड दिएका थिए।जागरण अभियानले कार्यकर्ता हरुको मनोवल बढ्ने बिश्वास ब्यक्त गरेका छन। क्षेत्रीय सदस्य मेघराज भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण नवीन पौडेलले गरेका थिए ।

यसैबिच प्रदेशसभा क्षेत्रीय कार्यसमिति(ख)ले असोज १  गतेदेखि ६ गते सम्म पालिका स्तरीय कार्यक्रम गर्ने निर्णय गरेको छ। जस अनुसार असोज १ गते कालिमाटी गाउँपालिकाको पुतलीबजार, ३ गते शारदा नगरपालिकाको श्रीनगर बजार , ४ गते कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, ५ गते छत्रेश्वरी गाउँपालिकाको भोटेचौर र ६ गते त्रीवेणी गाउँपालिकाको रिखे बजारमा कार्यक्रम गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार