• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा विद्यार्थी कक्षा कोठामै मुर्छा पर्न थाले, यस्तो छ लक्षण


भाद्र २४, सल्यान ।  कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि सल्यानको शारदा नगरपालिका वडा न ११ महेन्द्र रत्न माध्यमिक विद्यालय हिवल्चाको पढाई प्रभावित भएको छ । दुई महिना यता कक्षा कोठामै छात्राहरु मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित भएको हो । ९ वर्ष उमेर देखि १२ / १३ वर्षभित्रका छात्राहरुमा यस्तो प्रकारको रोग देखिएको हो ।

छात्राहरु विरामी पर्न थालेपछि अन्य विद्यार्थी समेत डराउन थालेका छन् । विद्यालयमा जाँदा विरामी होइन्छ  भन्ने डरले विद्यार्थी विद्यालय निकै कम आउन थालेका हुन । विगगतका वर्षहरुमा २/३ जना छात्राहरुमा यस्तो समस्या देखिएको थियो । तर जेठ महिनादेखि यो समस्या बढेर गएको उनको भनाई छ । मनोपरामर्शदातालाई ल्याएर परामर्श दिदा पनि विद्यार्थी विरामी हुने क्रम रोकिएको छैन् ।

केही साता यता दैनिक २० देखि २५ जना छात्राहरु काप्ने, र्बबराउने, मुर्छा पर्ने गरेका छन् । विद्यालय बाहिर यस किसिमको समस्या नदेखिएको शिक्षिका प्रतिभा ओलीले बताइन । उनले भनिन।  ‘विद्यालयमा आएपछि र्बबराउने, काप्ने मुर्छा पर्ने भएपछि विद्यार्थी विद्यालयमा आउन मान्दैनन् । रोगको पहिचान गरी निदान गर्न नसक्दा समस्या बढ्दै गएको ।’

दैनिक यस प्रकारको समस्या देखा परेपछि विद्यालयमा विद्यार्थी उपस्थिति कम हुदै गएको छ । विरामी भएका विद्यार्थीहरुलाई केहिदिन घरमै आराम गर्न आग्रह गर्ने गरेको प्रधानाध्यापक जीत बहादुर बुढाथोकीले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २४ गते मङ्गलवार