• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा स्कुलबाट घर फर्कदै गरेका बालकको रुखले किचेर मृत्यु


भाद्र २५, दाङ । दाङमा रुखले किचेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका सोतीटाला निवासी १० वर्षीय सुजन खत्रीको मृत्यु रुखले च्यापिएर भएको हो।

मंगलबार अपरान्ह विद्यालयवाट घर फर्कदै गर्दा बाटोमा रुख ढलेर किच्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

रुखले लागेर सोही ठाउँका अर्का ९ वर्षीय तिलक खत्री घाइते भएको र उनको उपचार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए।

फाइल फोटो

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार