• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

काँग्रेसको दोश्रो चरणको जागरण अभियान दाङमा पनि सुरु


सुबास डी.सी. / भाद्र २५, तुलसीपुर  नेपाली काङ्ग्रेसको रास्ट्रिय जागरण अभियानको दोश्रो चरणको कार्यक्रम हिजोदेखि दाङमा पनि शुरु भएको छ।

बिपि कोइरालाको १०६ औ जन्मजयन्तीको अबसर पारेर नेपाली काङ्ग्रेसले दोश्रो चरणको रास्ट्रिय जनजागरण अभियान शुरु गरेको हो। आगामी असोज ७ गते सरकारका गलत कार्यको बिरोध गर्दै समापन हुने अभियानमा गाउँ गाउमा गएर कार्यकर्ता र जनतामा जागरण फैलाइ पार्टीको पक्षमा माहोल तयार पार्ने नेपाली काङ्ग्रेसको योजना छ ।

यसैक्रममा दाङका ९ वटै प्रदेश क्षेत्रमा रुद्राक्ष, दालचीनी, अमला लगायतका १०६/१०६ बिरुवा बृक्षाराेपेर जनजागरण अभियानको उद्घाटन गरिएको छ। शान्तिनगर ३ पातेटाकुरा स्थित राधाकृष्ण मन्दिर परिसरमा वृक्षाराेपन गरि कार्यक्रमको शुरूवात गरिएको हो। आगामी मङ्सिर १४ गते प्रदेश सान्सद्को निर्वाचन हुन लागेको दाङ क्षेत्र नम्बर ३ ख मा भब्य कार्यक्रमका बिच अभियानको उद्घाटन गरिएको हो ।

प्रदेश क्षेत्रिय सभापति खिम बहादुर वलिको सभापतित्व तथा केन्द्रिय प्रतिनिधि पुर्ब सान्सद मोहन बरालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका बक्ताहरुले कम्युनिस्ट सरकारका गतिबिधिका कारण जनता काङ्ग्रेसको पक्षमा रहेको दाबी गरेका थिए। हिजोका कमिकमजोरिलाइ हटाउदै पार्टीलाई थप एक ढिक्का बनाउनुपर्नेमा पनि बक्ताहरुले जोड दिएका थिए।

प्रमुख अतिथी बरालले जनतालाइ सत्य तथ्य जानकारी गराउदै नेपालि काङ्ग्रेसले गरेका कामको पनि जानकारी गराउन आग्रह गरे । साथै उनले स्व. नेता खुमबहादुर खड्काको जिल्लामा काङ्ग्रेस कदापी कमजोर हुन नहुने बताउदै दाङ काङ्ग्रेसको उर्बर भुमी भएको समेत दाबी गरे । क्षेत्रिय सचिब गोबिन्द घिमिरेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा काङ्ग्रेसका महासमिती सदस्य केशव आचार्यले विषयबस्तु बारे प्रकाश पारेका थिए ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिब शंकर प्रसाद डागि, क्षेत्र नम्बर ३ का संघीय क्षेत्रिय सभापति जगत बहादुर खड्का, काङ्ग्रेस महासमिती सदस्य खिम प्रसाद खराल, काङ्रेस नेता तथा शान्तिनगर गाउपालिका अध्यक्ष कमानसिङ डागि, काङ्रेस पुर्ब क्षेत्रिय सभापति मदन रसिक, काङ्ग्रेस नेता यम प्रसाद पान्डे, तरुण दल दाङका अध्यक्ष टीका घर्ती क्षेत्रिय सदस्य सीता पोख्रेल लगायतले बिपिको मार्गदर्शन नै काङ्ग्रेसको भबिस्य रहेको बताए ।

काङ्ग्रेसका साबिक शान्तिनगर सभापति बुद्धिराम तिवारीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण क्षेत्रिय सचिब चुडामणि ढकालले गरेका थिए । केन्द्रिय प्रतिनिधि मोहन बरालको उपस्थितिमा आज देखि शुरु भएको कार्यक्रम असोज ७ गते सम्म सन्चालन हुने क्षेत्रिय सभापति खिम बहादुर ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार