• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानका दुई बालिका एक हप्तादेखि बेपत्ता


इन्द्र बुढाथोकी/ भाद्र २५, सल्यान । सल्यानका २ बालिका एक हप्तादेखि बेपत्ता भएकी छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडाकि दुवै १३ वर्षकी खिमा ओली र प्रतिमा बटाला विगत एक हप्तादेखि बेपत्ता भएकी हुन् ।

स्थानीय भगवती आधारभुत विद्यालयमा कक्षा ७ र ६ मा अध्ययनरत उनिहरु भाद्र १९ गते बेलुका देखि हराएको परिवारले जनाएका छन् । घरपरिवारले खोज तलास गरिदिन भनेर बन्गाड प्रहरी चौकी बालुवासँग्रहीमा हुलिया सहित निवेद समेत पेश गरेको बालुवा सग्रही प्रहरी इन्चार्ज दिपक शाही ठकुरीले जानकारी दिए ।

खोजि कार्यजारी रहे पनि अझैसम्म कतै सम्पर्कमा नआएको खिमाका बुबा अम्बर ओलीले बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार