• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

भाले कुखुराले ठुंगेर एक महिलाको मृ’त्यु


भाद्र २५, काठमाडौं । कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा एक वृद्धाको मृ’त्यु भएको छ । सीएनएनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार कुखुराले ठुंगेर ७६ वर्षीया वृद्धाको मृ’त्यु भएको हो ।

घटना भएपछि सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा समूहले अनुसन्धान नै सुरु गरे । अनुसन्धानबाट प्राप्त निश्कर्ष अगष्टको अन्त्यतिर प्रकाशित ‘जर्नल फोरेन्सिक साइन्स’मा छापिएको छ ।

युनिभर्सिटी अफ एडेलेड र नेदरल्याण्डको फोरेन्सिक इन्स्टिच्यूटका प्याथोलोजिष्ट संलग्न अनुसन्धानमा महिलाको मृ’त्युबारे भनिएको छ, ‘अस्ट्रेलियामा एक घरमा पालिएको कुखुराको भालेले वृद्धाको देब्रे खुट्टामा आक्रमण गरेको थियो । भालेले ठुंगेपछि वृद्धामा अनियन्त्रित रक्तश्राव भएपछि उनको निधन भयो ।’

‘कुखुराको भालेले वृद्धाको खुट्टामा पहिलेदेखि सुन्निएको नसा (भ्यारिकोस भेन)मा ठुङ्ग्न पुगेको थियो । रक्तनली फुटेर अत्यधिक रक्तश्राव हुँदा उनको मृ’त्यु भएको देखिन्छ,’ अनुसन्धान पेपरमा लेखिएको छ ।

यो अनौठो दुर्घटनामा वृद्धाको मृत्युको लागि भालेभन्दा पनि वृद्धामा पहिलेदेखि विधमान रोगहरु बढी जिम्मेबार देखिन्छ ।

-एजेन्सी

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार