• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान त्रिवेणी गाउँपालिकाको टेण्डर विवाद : जिल्ला प्रशासनमा फेरी अर्को निवेदन


भाद्र २५, सल्यान । गत भाद्र १८ गते सल्यान त्रिवेणी गाउँपालिका दर्ता भएको शिलबन्दी बोलपत्र (टेण्डर) रद्द गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा फेरी अर्को निवेदन परेको छ । नेपाल निर्माण व्यवसायी संगठन जिल्ला तदर्थ समिती सल्यानका संयोजक राजेन्द्र कुमार थापाले प्रशासनमा आज निवेदन दर्ता गरेका हुन् ।

भाद्र १८ गते त्रिवेणी गाउँपालिकामा राजेन्द्र कुमार थापा सँगै गएका डिल्ली खड्कामाथी हातपात भएको भन्दै टेण्डर रद्द र दोषिमाथी कारबाही गरि पाउँ भन्दै डिल्ली खड्काले प्रशासनमा निवेदन दिएका थिए । तर त्यसको दुईदिनपछि अर्थात भाद्र २० गते नेपाल निर्माण व्यवसायी संघ सल्यानले टेण्डर आफ्नो रोहबरमा निष्पक्ष ढंगले भएको र कसैमाथी हातपात नभएको भनेर विज्ञप्ती निकालेको थियो ।

फेरी आज २५ गते राजेन्द्र कुमार थापाले निर्माण व्यवसयी संघको मिलेमतोमै एकपक्ष ढंगबाट व्यक्तीलाई टेण्डर दिएको आरोप लगाउदै निवेदन दर्ता गराएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘नेपाल निर्माण व्यवसायीले व्यक्तीको प्रभावमा परेर निकालेको प्रेस विज्ञप्तीमा हाम्रो संगठन घोर आपत्ती गर्दछ । यो सरासर मिलेमतो र गुण्डागर्दी भएकोले छानविनको लागी अनुरोध गर्दछु ।’ उनले घटनाकोबारेमा सबै हेर्न गाउँपालिकाको सिसि क्यामराको फुटेज हेर्न भनेका छन् ।

गएको भाद्र १८ गते त्रिवेणी गाउँपालिकाले आह्वान गरेको नदिजन्य पद्धार्थ उत्खनन्को शिलबन्दी बोलपत्र (टेण्डर)मा दरभाउ पत्र दर्ता गर्न जाँदा आफुमाथी हातपात भएको र दर्ता गर्न नदिएको डिल्लीराज खड्का र राजेन्द्र कुमार थापा पक्षको आरोप छ भने निर्माण व्यवसायी संघ सल्यानले कसैलाई हातपात नभएर निष्पक्ष ढंगले दर्ता भएको दाबी गर्दै आएको छ ।

यो पनिः निर्माण व्यवसायी सल्यानले भन्यो ‘त्रिवेणी गाउँपालिकामा कसैलाई हातपात भएको छैन्’

यो पनिः सल्यानमा हातपात गरेको भन्दै गाउँपालिका अध्यक्षका छोरा विरुद्व उजुरी

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार