• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानको माल्नेटामा लाग्ने सुवाकोटी मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा


राजन के.सी. / भाद्र २५,,सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ र १५ को सिमाना माल्नेटामा भोली भाद्र २६ गते बिहिबार हुने सुवाकोटी मेला तथा बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । सुवाकोटी मेला व्यवस्थापन समिती शारदा नगरपालिका १४ र १५ माल्नेटाको आयोजनामा हुने मेलाको व्यवस्थापनको काम सबै पुरा भएको कार्यक्रम आयोजकले जनाएको छ ।

मूल आयोजक समितिका संयोजक सुवास रावतका अनुसार कार्यक्रममा राष्टिय तथा स्थानिय कलाकार हरुको बेजोड प्रस्तुती रहनेछ । ‘कला र संस्कृतिको संरक्षण गरौं, सुवाकोटी मेलाको प्रबर्दन गरौं‘ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रम भब्य र सभ्य बनाउन संयोजक रावतले सबैलाई आग्रह गरेका छन ।

कार्यक्रममा चर्चित लोक तथा दाहोरी गायिका टिका सानु, लोक तथा दोहोरी गायक कृष क्षेत्री, रमेश क्षितिज गिरी, देवि बस्नेत, सिद्रार्थ घिमिरे, निर्मला विश्वकर्मा, डान्सर पायल बस्नेत लगाएतको प्रस्तुति रहने सांस्कृतिक संयोजक खुमा भट्टराईले जानकारी दिईन ।

यसैबीच भोली २६ गते सल्यानको विभिन्न ठाउँहरुमा सुवाकोटी मेला लाग्ने गर्र्दछ । जिल्लाको हलचौर, लेखपोखरा लगाएतका ठाउँहरुमा सुवाकोटी मेला लाग्ने गर्दछ ।

प्रकाशित मिति : २०७६ भाद्र २५ गते बुधवार