• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

पहिरोमा पुरिएर रुकुममा दुई बालिकाको मृ’त्यु


भाद्र २६, रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृ’त्यु भएको छ ।

बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृ’त्यु भएको हो ।

विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । रासस

फाइल फोटो 

प्रकाशित मिति : २०७६ भाद्र २६ गते बिहिवार