• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

जंगली च्याउ खाँदा प्युठानमा ३ जना स्वास्थ्यकर्मी नै बिरामी


भाद्र २६, प्युठान । जंगली च्याउ खाँदा प्युठानमा स्वास्थ्यकर्मी नै बिरामी भएका छन् । स्वर्गद्धारी स्वास्थ्य चौकीका कारर्यरत ३ जना स्वास्थ्यकर्मीहरु बिरामी परेका हुन् ।

स्वर्गद्वारी नगरपालिका- २ मा रहेको स्वर्गद्वारी स्वास्थ्य चोकिका इन्चार्ज लालबहादुर वि.सी. सहित उक्त चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु शान्ता सुनार र जानका रिजाल बिरामी परेका हुन । उनिहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र भिङ्रग्रीमा उपचार भइरहेको छ।

तिनै जनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्रग्रीले जनाएको छ। अवस्था सामान्य रहेपनि भर्ना भएको २४ घण्टा सम्म निगरानीमा राखेर उपचार गरिने अस्पतालले जनाएको छ। उनिहरुले आज दिउँसो कार्यालय नजिकैको झाडिमा उम्रेको जंगली च्याउ पकाएर खाएका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २६ गते बिहिवार