• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा आफैँले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोएपछि…


भाद्र २७, दाङ । दाङमा आफैँले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको तुलसीपुर बजारबाट पश्चिम तर्फ गइरहेको रा १ प ९८११ नम्बरको मोटरसाईकल आज बालापुरमा दुर्घटना हुँदा एकजना घाईते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक दंगीशरण गाउँपालिका–५ बालापुर निबासी ३० वर्षीया सर्जन चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइतेको चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुर रिफर गरिएको छ । मोटरसाईकल तिब्र गतिका कारण अनियन्त्रित भई पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार