• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

रुकुममा खोलाले जीप बगाएपछि चालक रातभरी फसे


भाद्र २७, रुकुम पश्चिम । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर १ र २ को सीमानामा पर्ने पुमाखोलामा खोलाले जीप बगाएको छ । रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराबाट रूकुम पश्चिमको मुसीकोट आउँदै गरेको लु १ ज ४११५ नम्बरको जीप बिहीबार राती खोलाले बगाएको हो ।

खोलाले जीप बगाउदा चालक जीपभित्रै फसेका थिए । उनको आज बिहान सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ । चरुकुम पूर्व सिस्ने गाउँपालिका– ३ बस्ने २५ वर्षीय चालक सुनिल बिकको उद्धार गरिएको हो ।

यात्रुहरुलाई छोडेर मुसिकोेटतर्फ फर्कने क्रममा बिहीबार राति ८ बजेतिर जीपलाई खोलाले बगाएको थियो । जीपमै फसेका चालकको रातभरको प्रयासपछि शुक्रबार बिहान प्रहरी र स्थानीयले उद्धार गरेका हुन् ।

पुमाखोलामा पुल नहुँदा वर्षायाममा यात्रु तथा यातायातका साधन जोखिम मोल्न बाध्य छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार