• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

काठमाडौंमा गोलि चल्यो


भाद्र २७, काठमाडौं । काठमाडौंको बालाजु/ गोलढुंगामा गोली चलेको छ।

गुण्डा नाइकेको आरोप लगाइएका साजन गुरुङलाई पक्राउ गर्ने क्रममा गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता केदार ढकालले जानकारी गराएका छन्।

ढकालका अनुसार गोली लागेका गुरुङलाई उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ।  सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले फायर गरेको जनाइएको छ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार