• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

नेपाली काँग्रेस सल्यानको जागरण अभियान बनगाडमा सम्पन्न


इन्द्र बुढाथोकी / भाद्र २७, सल्यान । नेपाली काँग्रेसले दोश्रो जनजागरण अभियान सल्यानको बनगाड कुपिण्डेमा पनि सम्पन्न गरेको छ । बनगाड कुपिण्डे नगरपालिको देवस्थल स्वास्थ चौकिको हलमा भएको कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले अब नेपाली काग्रेस एक भैसकेको र सबैलाई एक भएर लाग्न अनुरोध गरेका छन ।

प्रमुख अतिथि पुर्व स्वास्थ राज्य मन्त्री तथा जनजागरण अभियानका प्रमुख खड्का बहादुर बस्यालले नेपाली काँग्रेस सधै दलित, महिला, जनजाति, अपांग, लगाएत पिछडिएको वर्गको विपि कोइरालाको पाला देखि नेतृत्व गर्दै आएको र अब पनि काँग्रेसले ती वर्गको नेतृत्व गर्दै पार्टीलाई अगाडि बढाउन सुझाव दिएका छन । केन्द्रमा देउवा र पौडेल एक भैसकेकोले अब जिल्ला हुँदै स्थानीय वडामा पनि पार्टी एक भएर लाग्न आग्रह गरेका छन ।

सल्यान जिल्ला सभापति गणशे चन्दले १४ औं महाधिवेशन सम्म टोल, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला हुँदै केन्द्र सम्म पार्टी सम्पुर्ण जनवर्गीय संघ संगठनका लगाए पार्टीको संगठनका बनाउने र अनि पार्टी लाइ एक ठिक्का बनाएर लैजान आफुले जिल्ला सभापतिको तर्फबाट गर्ने तयार रहेको बताएका छ्न । पार्टीमा गुटबन्दी गर्नु भन्दा पार्टीले दिएको जिम्मेवारी बहन गर्न सबैमा आग्रह गरेका छन ।

कम्युनिस्ट बाट केही हुना नसक्ने र जनताका समस्या ज्यूको त्यू नै रहेकाले अब फेरि नेतृत्व गर्ने पालो काँगे्र्रेस आएको समेत बताएका छन् ।

कार्यक्रम जनजागरण अभियानका प्रमुख तथा पुर्व स्वास्थ राज्य मन्त्री खडग बहादुर बस्याल, पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, जिल्ला सभापति गणेश चन्द, जिल्ला उपसभापति निम बहादुर केसी, जिल्ला समन्वय समिति सभापति केश बहादुर बिष्ट, शारदा नगर प्रमुख शुरेस अधिकारी लगाएत नेताको उपस्तिथि रहेको कार्यक्रमको सभापति क्षेत्रीय सभापति गोरख खत्रीले गरेका थिए भने कार्यक्रमको संचालन नेत्र ओलिले  गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार