• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा रतुवा मारेको आरोपमा ७ जना पक्राउ


मिना बुढाथोकी/ भाद्र २७, सल्यान । संरक्षित वन्यजंतु रतुवा मारेको आरोपमा सल्यानमा सात जनालाई प्रहरीले पक्राउ गरेको गरेको छ । जिल्लाको कुमाख गाउँपालिका –३ इग्रेखोलामा रतुवा मारेर खाने शुर गरेको अवस्थामा मृत रतुवा सहित ७ जनालाइ पक्राउ गरेको जिल्ला वन कार्यालय सल्यानका निमित्त प्रमुख तथा सुचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिए ।

पक्राउ पर्नेमा कुमाख गाउँपालिका –३ का ५२ वर्षीय गणेश केसी, सोही ठाउँका ४९ वर्षीय शिव कुमार शाही, ४९ कुशे रावत, ४० वर्षीय लिलाधर केसी, २६ वर्षीय तेज बहादुर केसी, ३० वर्षीय देवस्थल केसी र ७५ वर्षीय सोबे बुढा रहेका छन् । आरोपित सबैलाइ शुक्रवार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धानका लागी हिरासतमा राखिएको छ ।

घटनामा संलग्न भएको प्रमाणित भएमा उनिहरु राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को उपदफा ४ अन्तरगत चोरी शिकारी अन्तरगत ६ महिना कैद र २० हजार जरिवाना अथवा दुवै सजाय हुन सक्ने सुचना अधिकारी लम्सालले जानकारी दिए । बिहिवार रतुवा खानका लागी घाँटी छिनाले मारेको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेर आरोपितलाई रंगेहात पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार