• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

भ्रष्टचारीहरु मालामाल तिम्रो सहरमा, सर्वसाधारणको बेहाल तिम्रो सहरमा


  • गजल

भ्रष्टचारीहरु मालामाल तिम्रो सहरमा
सर्वसाधारणको बेहाल तिम्रो सहरमा

यि युवतीहरु, आधा शरिर देखाएर हिड्छन
रहेछ कपडाको अनिकाल  तिम्रो सहरमा

कोहि बस्ने ठूलो घरमा कोहि सडक पेटी
धनी गरीब बिचको पर्खाल  तिम्रो सहरमा

बन्द, हड्ताल, आन्दोलन कति हो कति
नारा, जुलुस संगै मसाल  तिम्रो सहरमा

तिम्रो भने आखाँको गाजल कहिलै मेटिएना
मेरा आखाँमा छ आशुको ताल तिम्रो सहरमा

बस्न त पल्लो कोठा उनि उपल्लोमा म बस्छु
आपसमा कहिले भएन बोलचाल तिम्रो सहरमा

प्रकाशित मिती २०७६ भाद्र २७ गते

प्रकाशित मिति : २०७६ भाद्र २७ गते शुक्रवार