• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा एक व्यक्तिले स्वास्थ्य चौकीको लागी ५ रोपनी जग्गा दान गरे


भाद्र २८, सल्यान । सल्यानमा एक व्यक्तिले स्वास्थ्य चौकीको लागी ५ रोपनी जग्गा दान गरेका छन । जिल्लाको सिद्धकुमाख गाउपालिका २ कुइयाझोल निवासी स्थानिय मोहन लाल बुढाथोकीले स्वास्थ्य चौकी सिद्धेस्वरी को लागी ५ रोपनी जग्गा दान गरेका हुन ।

बिहीबार २ नम्बर वडा का वडा अध्यक्ष रुद्ध बहादुर बुढाथोकी र स्वास्थ्य चौकी इन्चार्ज विनोद केसीको उपस्थितिमा उक्त जग्गा दान गरेका हुन । वडाले १ हप्ता को समय दिदै सुचना प्रकाशन गरेको थियो । जग्गा दिन को लागी अरु स्थानियले पनि जग्गा दिन मानेता पनि उनको सबैको पाएक पर्ने भएको ले उक्त जग्गा छनोट गरेको वडा अध्यक्ष बुढाथोकीले बताए ।

‘जग्गा दान गर्न पाउदा आफु लाइ भाग्यमानी ठानेको छु । उनले भने त्यहाका स्थानिय धेरै स्वास्थ्य को समस्या भाग्दै आएका थिए । अव त्यो समस्या हटेको छ ।’, उनले भने

स्वास्थ्य चौकी नजिकै एउटा शिलालेखमा उनको नाम लेख्ने र उनलाइ एक समारोहका साथ प्रसंसा पत्रले सम्मान गर्ने र उनलाइ स्थानिय सरकारवाट सक्दो सहयोग गर्ने वडा अध्यक्ष एंवम स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष वुढाथोकीले वताए । प्रदेश सरकारबाट वर्थिङ सेन्टरको लागाी भनेर २५ लाख वजेट विनियोजन गरेको थियो ।

 

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार