• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

मोडलिङ क्षेत्रमा जम्दै सल्यानका सुरेन्द्र ओली (भिडियो सहित)


भाद्र २८, सल्यान । राजधानी काठमाडौँ सहर, सपनाको सहर जहाँ दैनिक हजारौँ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढिरहेका छन् । त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

कलाकारिता तथा मोडलिङ क्षेत्रमा नै भबिष्य सम्झेर कुशल मोडल बन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेका मोडल हुन सुरेन्द्र ओली । उनि मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन, आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडलमा लागेका छन् ।

सल्यान बागचौर नगरपालिका ४, कोटवारा जन्मथलो भएर बिगत ४ बर्ष देखि काठमाडौँलाई कर्मथलो बनाउदै आएका सुरेन्द्रको पहिलो म्युजिक भिडियो ‘जुन पलमा’ सार्वजनिक भएको छ । पहिलो म्युजिक भिडियो बाट नै राम्रो प्रतिक्रिया आएपछि निकै खुसि भएको उनले बताए ।

लक्ष्मन श्रेष्ठको आवाज, रोशन बालुवा को लय रहेको गीतमा सुरेन्द्र ओली, राधिका थापा, चुमान राइ, रुबिना पौडेल, लक्ष्मी कटुवालले अभिनय गरेका छन् भने म्युजिक भिडियो को निर्देशन अर्जुन विश्वकर्माले गरेका छन् ।

हेर्नुहाेस् भिडियाे


 

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार