• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका वडा कार्यालयमा “विप्लव दाई जिन्दावाद, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद” लेखिए


भाद्र २८, सल्यान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी सल्यानले जिल्लाको दार्मा र कुमाख गाउँपालिकाका विभिन्न वडा कार्यालयहरुमा “विप्लव दाई जिन्दावाद, भ्रष्ट जनप्रतिनिधि मुर्दावाद” भन्दै भित्ते लेखन गरेको छ ।

बिहीबार र शुक्रबार राती वडा कार्यालयहरुमा रातो अक्षरले नारा लेखिएको स्थानीयले बताएका छन् । साँझ अफिस बन्द गरेर गएको र बिहान आउदा विप्लव दाई जिन्दावाद जस्ता नारा देखिएको एक वडा कर्मचारीले बताए । कुमाख ६ का वडाध्यक्ष बिरबल शर्माले आफु बाहिर भएकाे तर आफ्नाे वडाकाे भित्तामा पनि राताे अक्षेर नाराहरू लेखिएकाे जानकारी कार्यालयबाट आएकाे बताए ।

भित्तामा “संसदिय सत्ता खारेज गर, विप्लव दाई जिन्दावाद, अवैध खोलिएका शैक्षिक संस्था खारेज गर, भ्रष्ट दलाल जनप्रतिनिधि मुर्दावाद लेखिएको छ ।” यो लेख्ने काम विप्लव निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानले लेखेको जनाएको छ । यो लेख्ने काम जारी रहेको संगठनका एक जिल्ला सदस्यले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले यस विषयमा आफुहरुलाई अहिलेसम्म कुनै जानकारी नआएको बताएका छन् ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार