• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानकी एक महिला : कम्मरमा डोको र छातीमा छोरी च्यापेर तरकारी बेच्दै


इन्द्र बुढाथोकी / भाद्र २८, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन । कम्मरमा एक डोको तरकारी र छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै ३ घण्टाको दुरी पारगरी सल्लीबजारमा पुगेर तरकारी बिक्री गर्ने गर्दछिन् ।

आम्दानीको अर्को स्रोत नभएको र बालबालिका हेर्ने अर्को मान्छे नहुँदा थापाले दिनहुँ छोरीलाई च्यापेर बजार धाउने गरेकी हुन । उनले भनिन,  ‘के गर्नु घरमा छोराछोरी हेर्ने अर्को मान्छे छैन, तरकारी बिक्री नगरे साँझ बिहानको चुली बल्दैन।’

घरमा आफु एक्लै भएको र श्रीमान ६ महिना अघि मात्रै रोजगारीका लागि विदेश गएको उनले बताइन् । घरका अन्य देवर दाजुहरू छुटिएका कारण पनि आफु एक्लै भएकाेले छोरीलाई च्यापेर बजार धाउनु परी रहेको उनले बताइन् ।

तरकारी खेतीले आफ्नो गुजारा चली रहेको बताउदै उनले बजारको भने साह्रै समस्या भएको बताइन । ढोरपिपलमा निमार्ण गरेको कृषि संकलन केन्द्र पनि दुई तीन महिना पछि बन्द भैहाल्यो उनले भनिन, ‘संकलन केन्द्र सञ्चालन भई दिएको भएपनि घर घर धाउनु पर्ने थिएन ।’ दैनिक गुजारा चलाउनकाे लागी नै ढोरपिपल, रैकर, बालुवासंग्रही, सल्लीबजार लगायतका बजारमा धाउनु परेकाे उनले बताइन ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार