• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

जबरजस्ती करणीको अभियोगमा सल्यानमा एक व्यक्ती पक्राउ


भाद्र २८, सल्यान । सल्यानमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् ।

जिल्लाको शिद्धकुमाख गाउँपालिका वडा नम्बर १ बाझकाँडामा एक महिलालाई करणी गरेको अभियोगमा सोहि ठाउँका २३ वर्षिय बिरेन्द्र बुढाथोकी पक्राउ परेका हुन् ।

गत भाद्र २१ गते आफुलाई करणी गरेको भनेर ती महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनको खोजिकार्य गरेको थियो ।

६ दिनसम्म फरार भएका उनलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रहरी नायब उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका बुढाथोकीलाई अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धानको लागी प्रहरी हिरासतमा राखिएको उनले बताए ।

 

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार