• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

नेपालमा विश्वकै सबैभन्दा ठुलाे कागको मूर्ति बनाइने


भाद्र २८, काठमाडौँ । काठमाडाैं जिल्लाकाे कागेश्वरी मनोहरा नगरपालिकामा दुई हजार किलोको विश्वकै ठूलो पञ्चरत्न धातुको काग निर्माण गरिने भएको छ । नगरपालिकाको लोकतान्त्रिक सहिद पार्कमा फागुन ७ गते मनाइने कागेश्वरी महोत्सवमा उक्त पञ्चरत्न धातुको काग राखिने भएको हो।

शनिबार एक मलेसियन नागरिकले नगरपालिका वडा नं. १ गागलमा विश्वकै ठूलो काग निर्माणका लागि पञ्चरत्न जडित बाला र डा. राम उप्रेतीले तामाको ग्रागी काग निर्माणका लागि नगरपालिकालाई प्रदान गरे।

कागेश्वरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष मुकुन्द गजुरेलले मलेसियन नागरिक र डा.उप्रेतिलाई काग निर्माण गर्न बाला र तामाको गाग्री प्रदान गरिएकोमा सराहना गर्दै भने, ‘यस अभियानमा लागौं र हामी सँगसँगै अगाडि बढौं।’

अहिले इन्डोनेशियामा एक हजार चार सय किलोको धातुको काग निर्माण भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले नै कागेश्वरी मन्दिरमा २२७ किलोको काग यस अघिनै निर्माण गरिसकेको थियो। अब बन्ने नयाँ कागको मूर्तिले विश्वरेकर्ड राख्नेछ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार