• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा प्रविधिमैत्री शिक्षकको सम्पर्क समिती गठन


भाद्र २८, सल्यान । सल्यानमा प्रविधिमैत्री शिक्षक समाज नेपाल जिल्ला सम्पर्क समिती गठन भएको छ । शिक्षकहरुलाई प्रविधिसँग जोड्ने उद्देश्यले जिल्लामा सम्पर्क समिती गठन भएको हो ।

समाजको सम्पर्क समितीको जिल्ला अध्यक्षमा शिवराज ओली चयन भएका छन । १५ सदस्यीय कार्यसमिती रहेको समितीमा उपाध्यक्ष बीर बहादुर विसी, महिला उपाध्यक्ष शुसिला शर्मा, सचिव टेक प्रसाद भण्डारी, सहसचिव उमेश सुवेदी, कोषाध्यक्ष रुपलाल भण्डारी र सहकोषध्यक्षमा शुसिला ओली रहेका छन् ।

सितलपाटी स्थित शिवजन माविमा भएको कार्यक्रमको अध्यक्षता प्रविधिमैत्री समाज नेपाल कर्णाली प्रदेशका अध्यक्ष तिलक केसीले गरेका थिए भने प्रमुख आतिथ्यता समाजका केन्द्रीय उपाध्यक्ष नविन कुमार कँडेलको रहेको थियो ।

अब जिल्ला सम्पर्क समितीले स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरेर विभिन्न विद्यालयमा शिक्षकहरुलाई प्रविधि सम्बन्धी तालिम दिने अध्यक्ष सिवराज ओलीले बताए । प्रविधि सँग मानिस नजिक हुनुपर्ने भन्दै उनले सल्यान जिल्लामा अबको शिक्षा प्रविधि सँग जोडिन यो समाजले भुमिका खेल्ने बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २८ गते शनिवार