• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा अज्ञात समुहद्वारा गाउँपालिकाको गाडी आगजनी


भाद्र २९, सल्यान । सल्यानमा अज्ञात समुहले गाउँपालिकाको गाडी आगजनी गरेको छ । जिल्लाको शिद्धकुमाख गाउँपालिको रा १ झ १७० नम्बरको गाडी गएराती ११ बजेतिर आगजनी भएको हो ।

टाटा कम्पनीको ३७ लाख ३० हजार मुल्य पर्ने ‘डबल क्याप स्कार्पियो’ आगजनी भएको गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले लेकाली अनलाइनलाई बताए । आगजनीबाट गाडीमा पुर्ण रुपले क्षेती पुगेको छ । गाउँपालिकाको कार्यालयमै रोकिराखेको अवस्थामा गाडी आगजनी भएको उनले बताए ।

अहिले घटना स्थलमा प्रहरी टोली पनि पुगेको छ । यस विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

यसअघि आफुलाई कतैबाट धाकधम्की नआएको गाउँपालिका अध्यक्ष चलाउनेले बताए । उनले भने, ‘गाउँपालिकाको र मेरो विषयमा पनि कतैबाट केहि धम्की आएन, एक्कासी गाडी आगजनी भयो । आगजनी कसले गर्याे भन्ने अन्दाज नै गर्न सकिएको छैन ।’

 

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार