• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

जहाज भित्रै पर्यटन मन्त्री योगेश भट्टराईमाथि हातपातकाे प्रयास (भिडियाे सहित)


भाद्र २९, काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाज एक घण्टा रोकेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि एउटा समूहले जहाजमै दुर्व्यवहार गरेको छ। विमानभित्रै गालीगलौज र हातपात प्रयाससमेत भएको छ।

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयरको जहाजमा चढेपछि गालीगलौज गर्दै हातपात प्रयास गरेको हो। धनगढीबाट नेपालगञ्ज हुँदै काठमाडौं आउने क्रममा मन्त्री भट्टराईका कारण एक घण्टासम्म बुद्ध एयरको जहाज रोकिएको भन्दै शाहीसहितको समूह मन्त्रीमाथि जाइ लागेको हो।

साँझ ६ बजेर २५ मिनेटमा उड्नुपर्ने बुद्ध एयरको जहाज मन्त्री भट्टराई धनगढीबाट नेपालगञ्ज आइपुग्न ढिला हुँदा एक घण्टा ढीलो भएको बताइएको छ। मन्त्री भट्टराई कैलालीको कार्यक्रम सकेर नेपालगञ्ज आउन ढिला हुँदा जहाज ७ बजेर ८ मिनेटमा काठमाडौं उडेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ।

मन्त्री भट्टराई ढिलो गरी आइपुगेर चढेको बुद्धको जहाजमा आफूलाई भ्रष्टाचार विरोधी अभियन्ताका बताउने ज्ञानेन्द्र शाहीसहितका यात्रु पनि थिए। जहाजमा चढेपछि शाही र उनका समर्थकले  मन्त्री भट्टराईविरुद्ध नाराबाजी गरेका थिए। प्रहरीकाअनुसार मन्त्रीमाथि हातपात प्रयास र गालीगलौज पनि भएको थियो। शाहीसहितले मन्त्री भट्टराई को हो? भन्दै हमलाको प्रयास गरेको प्रहरीले जनाएको छ।

मन्त्रीमाथि हातपात प्रयासलाई प्रहरीले रोकेको जनाएको छ। मन्त्री भट्टराई कैलालीको सतीघाटमा आयोजित डल्फिन महोत्सवको उद्घाटन गरेर काठमाडौं फर्किने क्रममा थिए।

यस्ताे छ मन्त्री भट्टाइकाे प्रतिकृया

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । 

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । 

एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।

यस्ताे छ ज्ञानेन्द्र शाहीले राखेकाे भिडियाे

 

यसैबिच मन्त्री योगेश भट्टराई झुठो बोलेको भन्दै ज्ञानेन्द्र शाहीले आज दिउसो  बजे पत्रकार सम्मेलन गर्ने बताएका छन्

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार