• २०७९ मङ्सिर १७ गते शनिवार
  • Preeti To Unicode

योगेश-ज्ञानेन्द्र प्रकरणमा यस्तो भन्छन् बर्दियाका सिडियो


भाद्र २९, काठमाडाैं । जहाज रोकाएर यात्रु कुराएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको आलोचना भैरहेको छ। केहीले भने गालीगलौज हुँदा पनि चुप लागेर बसेको भन्दै मन्त्री भट्टराईको  प्रशंसा गरेका छन् । मन्त्री भट्टराईले पनि आफ्नो कारण १५ मिनेट ढिलो भएको भन्दै सामाजिक सन्जालमार्फत माफी मागिसकेका छन्र ।

आफुलाइ सामाजिक अभियान्ता बताउने ज्ञानेन्द्र शाहीले त जहाज भित्रै मन्त्री भट्टाइसँग ढिलाे हुनुकाे कारण माग्दै कडा रूपमा उत्रिए । जसले गर्दा आज उनले पत्रकार सम्मेलन पनि गरे । पत्रकार सम्मेलनमा केहि युटुबरहरूकाे र उनिकाे विवाद भएपछि युटुबरहरूले हातपात गर्न खाेजेपछि प्रहरीले शाहीलाइ केहिबेर आफ्नाे नियन्त्रनमा लिएर छाेड्याे ।

यसैबीच बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मन्त्री एअरपोर्ट ढिलो पुग्नुमा सडकका छाडा पशु चौपायाको अवरोध पनि कारण रहेको बताएका छन् । उनले आफ्नाे फेसबुकमा लेख्दै हुलाकी सडक छलेर बाइपासको बाटो जाँदा १० मिनेट र नेपालगन्जमा छाडा पशुले बाटो छेक्दा १० मिनेट ढिला भएको पनि दावी गरे ।

हिजाे नै याेगेशले फेसबुकमा लेखेका थिए 

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । 

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । 

एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।

यस्ताे छ ज्ञानेन्द्र शाहीले राखेकाे भिडियाे

 

 

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार