• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

बाल दिवसको अवसरमा सल्यानमा गरिए यस्ता कार्यक्रम, विद्यालयमा पुस्तकालय पनि


भाद्र २९, सल्यान । सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने नारा सहित २९ औँ राष्ट्रिय बाल दिवस सल्यानमा पनि मनाइएको छ । बाल दिवसका अवसरमा सल्यानमा विभिन्न कार्यक्रम भएका छन् ।

जिल्लाको शारदा नगरपालिकाले खलंगाको बालमन्दिरमा एक कार्यक्रम गरेको छ । नगरभित्रका ११ वटा विद्यालय बीच हिसाब दौड प्रतियोगिता सम्पन्न भएको छ । नगर उपप्रमुख सावित्रा बस्नेतको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपप्रमुख बस्नेत, प्रमुख प्रशासकिय अधिकृत शाही, शिक्षकहरु महेश देवकोटा, शान्ति सभा पुरी, बीर बहादुर सेजवाल, मेघराज केसी लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन नगर शिक्षा संयोजक लिलाधर बपालले गरेका थिए ।

त्यस्तै बालदिवसकै अवसरमा त्रिवेणी गाउँपालिका १ मा रहेको सरस्वती आधारभुत विद्यालयले विभिन्न कार्यक्रम गरेको छ । कक्षा १ देखि ३ सम्म शब्द पठन प्रतियोगिता, ४ र ५ लाई हिसाव दौड प्रतियोगिता र निमावीमा हाँजिर जवाफ प्रतिययोगीता भएको विद्यालयले जनाएको छ ।

उता कुमाख गाउँपालिकाले गाउँपालिका भित्रका विद्यालयको सहभागितामा वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता गरेको छ । त्यस्तै, दार्माको वडा नं ६ मा गाउँपालिकाको अयोजनामा सहक्रियाकलाप कार्यक्रम गरिएको छ ।

विद्यालयमा पुस्तकालय

बाल दिवसको अवसरमा सल्यानका विभिन्न विद्यालयमा पुस्तकालय पनि उद्घाटन गरिएको छ । पढ्नका लागि कोठा तथा रूमटुरिडको सहयोगमा जिल्लाको १० वटा विद्यालयमा पुस्तकलय उद्घाटन गरिएको रूमटुरिडका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिए ।

बालकल्याण मावि कोटबारा, बालकल्यान अधारभुत विद्यालय सिद्धकुमाख, जनविकास आधारभुत विद्यालय ओख्रेनी, त्रिभुवन जनता मावि मार्के, राधेश्याम मावि काँरागिठी, सरस्वती अधारभुत विद्यालय रानीपोखरी छत्रेश्वरी, लक्ष्मी मावि झिम्पे, लक्ष्मी मावि पोखरीडाँडा, सिद्धअधारभुत विद्यालय कपुरकोट खाली र भवानी मावि छायानाथ लगायत स्थानमा पुस्तकालय उद्घाटन गरिएको छ ।

बाल दिवसका अवसरमा ती विद्यालयमा कार्यक्रम गरेर नै पुस्तकालयको उद्घाटन गरिएको हो । विद्यालय तहका बालबालिकाको पढ्ने अधिकारको सुनिश्चित गर्न तथा सानो उमेरमै पढ्ने सिप र बानीको विकास गर्न रूमटुरिडले दलित विकास समाजसंगको साझेदारीमा जिल्लाका ५४ विद्यालयमा पुस्तकालय अभियान सम्पन्न गरेको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार