• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा बस दुर्घटना हुँदा १० जना घाइते


पूर्ण के.सी./ भाद्र  २९, दाङ । पश्चिम दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् ।

दाङको तुलसीपुरबाट पश्चिम चरकमटियातर्फ जाँदै गरेको रा १ ख २१५९ नम्बरको यात्रुबहाक बस दंगंशरण गाउँपालिका ७ बाँकामा दुर्घटना भएको प्रहरीको भनाई छ ।
आज उक्त दुर्घटना हुँदा २ जना गम्भीर घाईते, ५ जना मध्यम र अन्य ३ जना सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अनियन्त्रित भई सवारी दुर्घटना भएको र घाईतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार