• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

कास्कीबाट उपनिर्वाचन लड्न लागेका रविन्द्र मिश्रले पाेखरा पुगेर यस्ताे भने


भाद्र २९, पोखरा । साझा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले मंसिर १५ गते हुने उपनिर्वाचनलाई मिनी जनमत संग्रहको रुपमा लिएको बताएका छन् । पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताले नेकपा र कांग्रेसको विकल्प शक्तिका रुपमा साझा पार्टीलाई जिताएर देखाइदिने दावीसमेत गरे ।

सत्तामा बसेको व्यक्तिले शासन कस्तो गरेका छन् भन्ने नतिजा उपनिर्वाचनबाटै देखिने उनको भनाइ थियो ।

संयोजक मिश्रले कास्की–२ ले नयाँ अनुहारसहित विवादरहित व्यक्तिको खोजी गरिरहेको जिकिर गरे । तपाईं पनि उमेद्वारको आकांक्षी हो भनि पत्रकारहरुले राखेको जिज्ञासामा उनले पहिलो प्राथामिकता कास्कीकै बासिन्दालाई भए पनि साथीहरुले तपाईंनै उमेद्वार बन्नुस् भनेकाले यस विषयमा छलफल जारी रहेको बताए ।

फाेटाे फाइल

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार