• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

विदेशमा बस्ने नेपालीलाई मन्त्री भट्टराईकाे आह्वान ‘एकजना विदेशी साथीलाई नेपाल पठाउनु हाेस’


भाद्र २९, काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैर आवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एकजना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन गैरआवासीय नेपाली संघमा आवद्ध सबै नागरिकलाई एकजना विदेशी साथीलाई नेपाल पठाउन आह्वान गरेका हुन् । उनले सो भ्रमण वर्षलाई सफल बनाउन पर्यटन दूतहरुलाई नियुक्त गरेर अघि बढने कार्य योजना पनि सार्वजनिक गरे ।

आईतबार सो भ्रमण वर्षलाई सफल बनाउन सरोकारवाला निकायहरुसँगको छलफलमा मन्त्री भट्टराईले सन् २०२० को जनवरीको पहिलो हप्ता सातैवटै प्रदेशबाट एक साथ सो भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरिएको पनि बताए । मन्त्री भट्टराईले सो भ्रमण वर्षलाई सफल बनाउन एक महिनाभित्र त्यसको वेबसाईट तयार गरी सञ्चालन गर्ने पनि बताए ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार