• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

प्रकाश ज्वालाको सल्यानमा सम्पर्क कार्यालय राखियो


भाद्र २९, सल्यान । सल्यान प्रदेश सभा (ख) का सांसद प्रकाश ज्वालाको सल्यान खलंगामा सम्पर्क कार्यालय राखिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले आफु निर्वाचित क्षेत्रका जनताको समस्या सुन्न सजिलो हुने भन्दै सम्पर्क कार्यालयको खोलिएको बताए ।

कार्यालयको उद्घाटन आइतबार ज्वाला आफैले गरेका हुन् । अब जनताले हरेक समस्या ल्याएर सम्पर्क कार्यालयमा ल्याउन सक्ने बताए । समस्याको सकभर त्यहीबाट सामाधानको बाटो खोजिने र त्यहाँ सकिएन भने प्रदेश कार्यालयमा पुग्ने उनले बताए ।

आफुलाई भेट्न नसक्ने र सुर्खेत जान नसक्ने जनताको लागी यो प्रभाबकारी हुने उनले बताए । उनले भने, ‘यहाँबाट पार्टीको काम हुँदैन्, जनप्रतिनिधिको हिसाबले सबै जनताको काम हुन्छ ।’ कार्यालयमा ज्वाला निकट रहेका धिरज रावत कार्यालय सचिवकाे रूपमा बस्नेछन् । सम्पर्क कार्यालय पुरानो बसपार्क देखि २० मिटर माथी कुमारी बैंक नजिकै रहेको केशब सिंह श्रेष्ठको घरको माथिल्लो तलामा राखिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र २९ गते आइतवार