• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दाङमा पुलकाे काम गर्दा करेन्ट लागेर एकजनाकाे ज्यान गयाे, नदिले बगाउदा एक बेपत्ता


भाद्र ३०, तुलसीपुर । दाङमा करेन्ट लागेर एकजनाकाे ज्यान गएकाे छ भने नदिले बगाउदा एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको करेन्ट लागेर मृ’त्यु भएको छ ।

आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृ’त्यु भएको प्रहरीले जनाएकाे छ । दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।

त्यस्तै आइतबार ६ बजेतिर लमही नगरपालिका–६ मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरीलाई राप्ती नदीले बगाउँदा बेपत्ता भएका छन् । नदी तर्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

यसैबीच, दाङकाे तुलसीपुर उपमहानगरपालिका–१९ हिडिमे डाँडागाउँस्थित फागुना चौधरीको मकै बारीमा अन्दाजी ५/६ महीनाको नवजात शिशुको शव फेला परेको छ। आइतबार साँझ शिशुको शव फेला परेको हो ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार