• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सिंहदरबारबाट पक्राउ परेको सबै पत्रकार केहि घण्टामै रिहा


भाद्र ३०, काठमाडौं । सिंहदरबार परिसरबाट पक्राउ परेका पत्रकारहरु केहि घण्टामै रिहा भएका छन् । रेडियो नेपालबाट निश्काशन गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै घेराउन गर्न पुगेको पत्रकारको टोलीलाई प्रहरीले सोमबार दिउसो पक्राउ गरेको थियो ।

पक्राउ गरिएको केही घण्टापछि नै प्रहरीले उनीहरुलाई रिहा गरेको हो । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका पत्रकारहरुलाई पुनर्बहालीको माग गर्दै पत्रकार महासंघ र नेपाल प्रेस युनियनको टोली सोमबार रेडियो नेपाल घेराउन गर्न पुगेको थियो ।

पक्राउ पर्नेमा महासंघ सचिव रामप्रसाद दाहाल, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटि, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन केन्द्रिय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर, पत्रकारहरु प्रकाश बम, चक्र कुवंर थिए ।

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई दिपायल प्रसारण केन्द्रबाट निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ३० गते सोमवार